९० लाखमा बनेको कोल्ड स्टोर उपयोगविहीन   « Khabarhub

९० लाखमा बनेको कोल्ड स्टोर उपयोगविहीन  


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ।

संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन बनेको हो। उद्घाटन गरिएको ६ महिना बित्दा समेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा ल्याउन सकिएको छैन। ३० टन भार क्षमताको कोल्ड स्टोर २५ चैत २०७८ मा तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए।

किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो। सार्वजनिक २ रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रुपमा भण्डारण गर्न सकिन्छ।

चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफूल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैँ भइरहेको छ। जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ।

नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ०३ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि