युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता | Khabarhub Khabarhub

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ।

एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन्। ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुभयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ। अवश्य पनि एउटा गिर्दो बाह्य माग हो। एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन।’

तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ। त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ। यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’,आईएमएफको एसिया तथा प्रसान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने। युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा वृद्धि भएको उनको भनाई छ।

श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को विषय हो।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : ५३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस