यी हुन् आफैलाई मत हाल्न नपाउने पर्साका उम्मेदवार « Khabarhub

यी हुन् आफैलाई मत हाल्न नपाउने पर्साका उम्मेदवार


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्सा – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् ।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई हत हाल्न नपाउने भएका हुन् । उनी क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–२ जानकी टोलको मतदाता हुन् ।

यसैगररी पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका छन् । उनको नाम मतदाता नामावलीमा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको छ ।

यस्तै, पर्सा क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा सत्तागठबन्धनकै तर्फबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न नपाउने अवस्था छ । पटेलको मतदाता नामावली क्षेत्र नम्बर प्रदेशसभा २ (ख) मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ ।

त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न नपाउने देखिन्छ । उनको मतदाता नामावली क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा पर्ने बिन्दवासिनी गाउँपालिका–५ हासवाकामा छ ।

क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरीले पनि आफूलाई भोट नपाउने भएका छन् । क्षेत्रीको मतदाता नामावली क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का मा छ भने र गिरीको मतदाता नामावली वडा नम्बर ५ रहेको छ ।

यसैगरी क्षेत्र नम्बर ४ प्रदेशसभा (ख) मा सत्तागठबन्धनकै तर्फबाट उम्मेदवारी दिनुभएकी माओवादी केन्द्रकी चाँदतारा कुमारीले पनि आफैँलाई मत दिन नपाउने अवस्था छ । उनको मतदाता नामावली क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका–४ मा छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : ४८ बजे

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा

कांग्रेस इतर समूहको बैठक बस्दै, महाधिवेशनबारे धारणा बनाउने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ ।

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली