चितवनमा त्रिपालमुनि कैदीबन्दी | Khabarhub Khabarhub

चितवनमा त्रिपालमुनि कैदीबन्दी


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन – क्षमताभन्दा बढी कैदीबन्दी हुँदा चितवनमा व्यवस्थापनमा समस्या पर्दै आएको छ। कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ।

अहिले दैनिक १२ कैदीबन्दी रातको समयमा त्रिपालको साहरामा बिताउन बाध्य छन्। दुई सय ८० जनाको क्षमता रहेको यस कारागारमा अहिले सात सय ७८ कैदीबन्दी छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण उनीहरुको व्यवस्थापनमा समस्या देखिएको हो। कार्यालय प्रमुख कमलप्रसाद आचार्यले अहिले रातको समयमा कैदीबन्दी व्यवस्थापनमा समस्या आएको बताए।

उनले भने, ‘कारागारमा अहिलेको समस्या भनेको कैदीबन्दी बढी हुँदा त्रिपालमुनि बस्नुपर्ने रहेको छ।’ कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको उनले बताए। आचार्यले भने, ‘विभागमा सबै जानकारी गराएका छौँ। सबैतिर यस्तै समस्या हो।’ उनले थने, ‘कैदीबन्दीको चाप बढेपछि साउनमा केही कैदी स्थानान्तरणसमेत गरेका थियौँ। फेरि चाप बढ्न थाल्यो।’

चाप बढेकै कारण साउन महिनामा ५१ जनालाई स्थानान्तरण गरिएको उनले बताए। स्थानान्तरणको समयमा समेत त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेका कारण स्थान्तरण गरिएको र अहिले पनि त्यही समस्या आएको उनले जानकारी दिए। दुई सय ५५ पुरुष कैदीबन्दीको क्षमता रहेको ठाउँमा सात सय २९ र २५ जनाको क्षमता रहेको महिला कैदीगृहमा ५९ जना छन्। चार नाबालिक रहेको आचार्यले जानकारी दिए।

कारागारमा छिमेकी जिल्लाबाट समेत कैदीबन्दी ल्याइने हुँदा कैदीबन्दीको सङ्ख्या दिनहुँ बढ्दै गएको आचार्यले बताए। विशेष गरी नवलपुर र मकवानपुरबाट कारागारमा बढी सङ्ख्यामा कैदीबन्दी ल्याइन्छ। उपचारका लागि बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउनुपर्ने हुँदा चाप बढेर व्यवस्थापनमा कठिनाइ भएको हो।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : ०० बजे

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस

गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्रीले गरे उद्घाटन 

नवलपरासी– उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको