ओलीप्रति आक्रामक रावल « Khabarhub

ओलीप्रति आक्रामक रावल


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् ।

रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा एमाले बनाउन कुनै योगदान नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै उनले आक्रोश व्यक्त गरे। नेता रावलले झन्डै दुई तिहाइका प्रधानमन्त्री भएका बेला ओलीले अधिकांश समय बालुवाटारकै अस्पतालमा बिताएको, राष्ट्रहित र संवेदनशील विषयमा संसदमा उपस्थित नहुने, आफूलाई बोल्न चाहेको समयमा अरुलाई उर्दी जारी गर्ने भन्दै ओलीको तिखो आलोचना गरे ।

रावलले होलीवाइनको कार्यक्रम आयोजना गर्ने एकनाथ ढकाललाई एमालेको समानुपातिक सूचीमा राखेको, एमालेकै नेतामाथि हत्या गर्ने उद्देश्यले राजविराजमा आक्रमण गर्न लगाउने, संविधान जारी गरेको विरोधमा कालो दिवस मनाउने उपेन्द्र यादवसँग चुनावी तालमेल गरेको तथा पूर्वपञ्चलाई मकवानपुर १ मा सिट छाडेको भन्दै ओलीको कडा आलोचना गरे ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ५० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १