सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग « Khabarhub

सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्थानीयले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७४ को दफा ३२ को ९१० बमोजिम जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६  र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।’ बाढी पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्चजोखिम, सात सय २६ घर आंशिक क्षति भएका छन् । जिल्ला प्रशासनका अनुसार जुम्लामा १० भन्दा बाढीको पहिरोमा परी मृत्यु भएको र एक बेपत्ता छन् ।  

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ । १९ असोज देखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरुद्ध छ । 

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सुचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र सफाइ भइरहेको स्थानीय तहहरूले जनाएका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेकोमा बताए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढीपहिरो आएर विस्थापित भएको जानकारी दिए  ।  

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ३ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा