कांग्रेसका बागीलाई समय थप, फिर्ता लिए वा निष्क्रिय बसे कारवाही नहुने « Khabarhub

कांग्रेसका बागीलाई समय थप, फिर्ता लिए वा निष्क्रिय बसे कारवाही नहुने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६ असोज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएकाहरू सबैको उम्मेदवार सूची सार्वजनिक गरेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, जसपालगायतका दलले आयोगले दिएको समयसम्म उम्मेदवारी फिर्ता नलिने बागीहरूलाई कारबाही थालेका छन् । कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । तर, कांग्रेसले बिहीबार बागीलाई थप पाँच दिन समय दिएर उम्मेदवारी निष्क्रिय बनाउने रणनीति अख्तियार गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी ३१ असोजसम्म आफ्नो उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्ने बागी उम्मेदवार, प्रस्ताव र समर्थकलाई पार्टीले आवश्यक प्रक्रिया पूरा गरी कारबाही फुकुवा गर्ने उल्लेख गरेका छन् । त्यसका लागि कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित सार्वजनिक रूपमा वक्तव्य जारी गर्नुपर्ने उल्लेख गरेको छ ।

विद्रोही उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने सम्बन्धमा
यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय ९२०७९ असोज २६ गते बिहान १० बजेदेखि अपरान्ह १ बजे भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ४ : १३ बजे

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने