आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी | Khabarhub Khabarhub

आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् ।

बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, ‘पुटिनले आफूले धोका नदिएको बताइरहेका छन् । उनले नडराएको अभिनयलाई सधैँ कायम राख्न सक्दैनन्, र यो स्पष्ट हुनुपर्दछ कि युक्रेन र युरोपेली संघ र सदस्य राष्ट्रहरू, र संयुक्त राज्य अमेरिका र उत्तर एटलासन्टक सन्धि संगठन नेटोलाई समर्थन गर्ने मानिसहरूले पनि धोखा दिइरहेका छैनन् ।’

पुटिनले युद्धभूमिमा हार बेहोरेपछि कब्जा गरिएका चार वटा क्षेत्र पुनः कब्जा गर्ने युक्रेनी चेतावनीपछि मस्कोले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने रणनीति अख्तियार गर्ने आशङ्का बढेको छ ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आणविक आक्रमण गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

नेटोका एक वरिष्ठ अधिकारीले बुधबार भन्नुभयो, “लगभग निश्चित रूपमा धेरै सहयोगीहरूबाट भौतिक प्रतिक्रिया प्राप्त हुनेछ, र सम्भवतः नेटोबाट नै यसको तीव्र प्रतिक्रिया आउनेछ ।

तर गठबन्धनले आफ्नो आणविक शस्त्रागारको प्रयोग गरेर प्रतिक्रिया दिने धम्की दिएको छैन किनभने गैर–सदस्य युक्रेन यसको आत्मरक्षाका लागि बनाइएको कानुनी धारामा समावेश छैन ।

मस्कोसँगको विनाशकारी आणविक द्वन्द्व चर्काउने डरले युक्रेन द्वन्द्वमा अमेरिका र नेटोले सैन्य हस्तक्षेप नगर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : १३ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी