आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी « Khabarhub

आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी


२७ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् ।

बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, ‘पुटिनले आफूले धोका नदिएको बताइरहेका छन् । उनले नडराएको अभिनयलाई सधैँ कायम राख्न सक्दैनन्, र यो स्पष्ट हुनुपर्दछ कि युक्रेन र युरोपेली संघ र सदस्य राष्ट्रहरू, र संयुक्त राज्य अमेरिका र उत्तर एटलासन्टक सन्धि संगठन नेटोलाई समर्थन गर्ने मानिसहरूले पनि धोखा दिइरहेका छैनन् ।’

पुटिनले युद्धभूमिमा हार बेहोरेपछि कब्जा गरिएका चार वटा क्षेत्र पुनः कब्जा गर्ने युक्रेनी चेतावनीपछि मस्कोले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने रणनीति अख्तियार गर्ने आशङ्का बढेको छ ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आणविक आक्रमण गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

नेटोका एक वरिष्ठ अधिकारीले बुधबार भन्नुभयो, “लगभग निश्चित रूपमा धेरै सहयोगीहरूबाट भौतिक प्रतिक्रिया प्राप्त हुनेछ, र सम्भवतः नेटोबाट नै यसको तीव्र प्रतिक्रिया आउनेछ ।

तर गठबन्धनले आफ्नो आणविक शस्त्रागारको प्रयोग गरेर प्रतिक्रिया दिने धम्की दिएको छैन किनभने गैर–सदस्य युक्रेन यसको आत्मरक्षाका लागि बनाइएको कानुनी धारामा समावेश छैन ।

मस्कोसँगको विनाशकारी आणविक द्वन्द्व चर्काउने डरले युक्रेन द्वन्द्वमा अमेरिका र नेटोले सैन्य हस्तक्षेप नगर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : १३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर