सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने « Khabarhub

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । आज बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्नेछ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने गठबन्धन बैठकको निर्णय छ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्नसक्ने बताइएको छ ।

बैठकले गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न अपिल तयार गर्न चार सदस्यीय मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)का नेता हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरी छन् ।

सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने र उक्त भेलालाई गठबन्धन आबद्ध दलले संयोजन गर्ने राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले जानकारी दिए। आगामी कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त कार्यकर्ता भेला आयोजना गरिएको छ । गण्डकी प्रदेशको भेलाको व्यवस्थापन नेकपा (एकीकृत समाजवादी) र लुम्बिनी प्रदेशको भेलाको संयोजन नेपाली कांग्रेसले गर्नेछ ।

कात्तिक ५ गते नेपाली कांग्रेसको संयोजकत्वमा प्रदेश नं १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा भेला हुनेछ । सो भेलामा गठबन्धनमा समावेश भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ ।

कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेमा भेला आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेशको भेलाको नेकपा (माओवादी केन्द्र) र कर्णाली प्रदेशको कार्यकर्ता भेलाको व्यवस्थापन कांग्रेसले गर्नेछ ।

कात्तिक ७ गते माओवादीको संयोजनमा बागमती प्रदेशको काठमाडौँमा भेला आयोजना गरिएको छ । भेलामा गठबन्धनमा सहभागी दलका केन्द्रीय सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित तीन/तीन जना सहभागी हुनेछन् । भेलामा वक्ताका रुपमा दलका प्रमुख नेतालाई आमन्त्रण गरिएको छ । बैठकले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा तय गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  १० : ५४ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा