लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल « Khabarhub

लोकतन्त्र जोगाउन गठबन्धन : शिक्षामन्त्री पौडेल


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताएका छन्।

ढोरपाटन नगरपालिका–३ पुर्कोटमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले संविधान मिचेर देशलाई बर्बादीतिर धकेल्न खोजिएपछि त्यस्तो प्रवृत्तिका विरुद्ध गठबन्धन गर्नुपरेको उल्लेख गरेका छन् ।

‘देशलाई समस्याबाट मुक्त गर्नका लागि, परेका अप्ठ्यारा र लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो’, उनले भने, ‘दलका शीर्षनेताहरूले गठबन्धनको कुशलतापूर्वक अगुवाइ गरिरहनुभएको छ, यसमा हामी सबै प्रतिबद्ध छौँ ।’

मन्त्री पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सत्ता गठबन्धनले नै जित्ने दाबी गरे । उनी बागलुङ–२ बाट प्रनिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। उनी विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ०२ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको