अबोध बालकमाथिको त्यो हिंसा | Khabarhub Khabarhub

अबोध बालकमाथिको त्यो हिंसा

जातीय हिंसाको सिकार बन्दै बालबालिका


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

‘उ रमाइलो थियो। फोटो खिच्न मन पराउँथ्यो,’ मेकेल टर्भेले आफ्नो छोरा क्यासियसको फोटो हेरेर मुस्कुराउँदै भनिन्। शान्त सहरको परिचय बोकेका पश्चिम अष्ट्रेलियाको पछिल्लो समाचारले त्यो छविलाई नै धुमिल बनाएको छ। विद्यालयबाट घर फर्किरहेका एक बालकमाथि आक्रमण भएपछि उनको अस्पतालमा निधन भएको थियो। ती बालकको आमाका लागि पीडाबाट बाहिर आउन कम्ती कठिन थिएन।

केही वर्ष अगाडि ऐतिहासिक मुक्केबाज मोहम्मद अलिको पोजमा बसेर क्यासीयसले खिचेको फोटो भित्तामा अझै सजाइएका छन्। १५ वर्ष अगाडि उनी जन्मिने बित्तिकै परिवारले लोकप्रिय अश्वेतको नाम उसलाई दिन चाहेको थियो। उनका दाजुले स्टार मुक्केबाज मोहम्मद अलिलाई सम्झँदै भाइको नाम क्यासियस राखे। मेकेलका लागि छोराले विद्यालयमा खेल्ने समय, साथीभाइसँग रमाइलो गरेको लगायत यावत फोटो समय कटाउने सहारा बनेको छ।

क्यासियस अष्ट्रेलियाका आदिवासीको बारेमा बनेको अनकन मान्यतालाई भत्काउन चाहन्थे। घर नजिकै आफ्नो साथीसँग मिलेर उनले व्यापार र कारोबार गरेका थिए। घरमा आएका कुनै आफन्त होस या सञ्चारकर्मी जो कोहीलाई पनि विगतका कुरा सुनाउँदै जाँदा मेकेलका आँखा रसाउँछन्।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। त्यहाँ जातीय भड्काउ गर्दै उनीमाथि आक्रमण भएको थियो। त्यत्ति मात्र होइन, उनी गएर फलामे खम्बामा ठक्कर खाएको विषयमा पनि अनुसन्धान जारी छ।

‘यो अन्तिम पटक थियो। जब मैले उसको हात अन्तिम पटक समाएँ। अस्पतालको अन्तिम समय सम्झँदा उनमा भक्कानो फुटेर आउँछ’, पुत्र वियोगको पीडा उनले व्यक्त गरिन्। चार साता अगाडि क्यासियसमाथि हिंसात्मक आक्रमण भएको थियो। साथीको समूहमा हिँडिरहेका उनलाई एउटा कार आएर किचेको थियो। किच्नु अगाडि उनीहरूलाई भाग्न भनिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। त्यहाँ जातीय भड्काउ गर्दै उनीमाथि आक्रमण भएको थियो। त्यत्ति मात्र होइन, उनी गएर फलामे खम्बामा ठक्कर खाएको विषयमा पनि अनुसन्धान जारी छ।

‘मैले त केही गर्न नै सकिन। खबर पाउँदा त उ अस्पताल लगिसकिएको थियो,’ मेकेलले अगाडि भनिन्। टाउको गम्भीर चोट लागेपछि उसलाई अस्पताल लगिएको हो। १० दिनको लगातार प्रयासपछि मात्र चिकित्सकले उनलाई बचाएका थिए। धेरै जनाले उसलाई अस्पतालमा भेटेका थिए। मुखमा एउटा ट्युब लगाइएको थियो।

पश्चिम अष्ट्रेलियाको प्रहरीले पनि पाएको सूचना अनुसार ती बालकको कुनै पनि गतिविधि अष्ट्रेलिायको समाजका लागि नराम्रो हुने खालको थिएन।

‘यो कसरी भयो’, मेकेलेले भनिन् ‘यो बच्चा साँच्चै रमाइलो थियो। कसले यो गरेको मलाई थाहा नै भएन। मेरो छोराले कहिल्यै पनि यो समुदाय या प्रहरीमा कुनै समस्या ल्याएको थिएन।’

घटनाले अष्ट्रेलियामा आक्रोश थपिएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानेजले आक्रमण जातीय सोचले प्रेरित भएको बताएका छन्। पश्चिम अष्ट्रेलियाको प्रहरीले पनि पाएको सूचना अनुसार ती बालकको कुनै पनि गतिविधि अष्ट्रेलिायको समाजका लागि नराम्रो हुने खालको थिएन। अदालतमा यो मुद्दा सकिएर छिनोफानो हुन बाँकी छ। त्यस अगाडि नै जातीय हिंसाको रूपमा पश्चिम अष्ट्रेलिया अहिले रोएको छ। केही व्यक्तिको गतिविधिका कारण ती सबै भएको उनीहरूको गुनासो छ।

अष्ट्रेलियाको सबैभन्दा दुःखको कुरा यो हो की त्यहाँ जातीय सोचले प्रेरित भएर अझै धेरै कुरा हुने गरेका छन्। आदिवासी तथा टोरेस स्ट्रिट टापुका धेरै जनालाई त्यहाँ हिंसाको सिकार बनाइन्छ। देशको विभिन्न भागमा गरिएको सर्वेक्षण अनुसार गैर आदिवासीको तुलनामा त्यहाँ आदिवासीमाथि हुने हिंसात्मक घटनाको जोखिम ६ गुणा बढी छ।

अष्ट्रेलियाको सडकमा हजारौँ उपस्थित भएर न्यायको माग गर्ने काम निरन्तर भएको छ। ‘यो दिउँसै रात पर्ने घटनाले थियो, टर्भेले भनिन् , ‘बालकहरू सडकमा हिँडिरहेका थिए।’ राष्ट्रिय आत्मरक्षा निरोधक तथा ट्रमा रिकभरी परियोजनाका निर्देशक मेघान क्राउकोरले भने, ‘म साँच्चै धेरै रिसाएको छु। किनकी मैले मृत्यु देखेको छु।’

क्राउकोरले अष्ट्रेलियामा हिंसा भड्किएपछि धेरै पीडितलाई सहयोग गर्ने र उद्धार गर्ने काम गरेका छन्। यो हिंसाले अष्ट्रेलियालाई उपनिवेसीक युगमा लगिएको चर्चा पनि चल्न थालेको छ।

‘म जब ११ वर्षको बच्चाले जीवन गुमाइ रहेको दृश्य देख्छु। या १९ वर्षको बच्चाले जीवन गुमाइरहेको दृश्य देख्छु ,त्यसपछि त विक्षिप्त नै हुने गरेको छु,’ आमा मेकेले त्यहाँको राजनीतिले यस्ता विषयलाई परिवर्तन गर्न नसकेकोमा दुःख व्यक्त गर्छिन्।

क्राउकोरले अष्ट्रेलियामा हिंसा भड्किएपछि धेरै पीडितलाई सहयोग गर्ने र उद्धार गर्ने काम गरेका छन्। यो हिंसाले अष्ट्रेलियालाई उपनिवेसीक युगमा लगिएको चर्चा पनि चल्न थालेको छ।

क्यासियसको मृत्यु पछि अष्ट्रेलियामा विद्रोहको आगो दन्किएको छ। यस कारण क्यासियसको आमाले यसले परिवर्तन ल्याउने सम्भावना देख्छिन्। क्यासीयसमाथि आक्रमण हुँदा उनका सबैभन्दा मिल्ने साथी जुवान्था पाटोन सँगै थिए। उनकी आमा एमेली फारमरले त छोरालाई सधैँ आफ्नो छोरालाई बाहिर हात झिकेर भाग्न तयार अवस्थामा हिँड्नेका लागि सुझाएकी छिन्। उनकै मतमा जहाँ जहिले पनि उनीहरूमाथि आक्रमण हुनसक्छ। घर भन्दा अलि पर क्यासियसमाथि आक्रमण भएको एउटा स्थान छ। त्यसै स्थानमा रहेको रुखलाई क्यासियस रुख भनेर नामकरण गरिएको छ।

उनलाई हरेक दिन समवेदनाका सन्देश आउने गरेका छन्। बाटोको बीचमा हिँड्दा हग गरेर सम्झाउने प्रयास गर्छिन्। तर, उनमा पहिलो पार्ट टाइम काम सुरु गरेर नयाँ जीवनको सुरुवात गर्न आँटेको छोरालाई बिर्सन सक्ने कुरै भएन।

‘उसलाई धेरै काम गर्न मन लाग्थ्यो। उसलाई पैसा कमाउने चाहना थियो। उसलाई लोकप्रिय हुने चाहना थियो,’आमा मेकेलले भनिन्। आमाकै अनुसार अहिले एउटा चमत्कारी केटाको अवसान भएको छ।

गत मार्चमा अष्ट्रेलियामै एक गम्भीर विवाद भएको थियो। त्यहाँ एक आदिवासी युवाको हत्या भएको थियो। हत्याको आरोप एक प्रहरी जवानमाथि लगाइएको थियो। त्यो आरोप अदालतमा भने पुष्टि हुन सकेको थिएन। यसै कारण अष्ट्रेलियामा ठूलो विद्रोह भएको थियो। यसले आदिवासी समुदायमा नै विद्रोहको भावना फैलिएको थियो।

अदालतले २०२२ मार्चमा यो फैसला सुनाए पनि घटना तीन वर्ष अगाडि भएको थियो। केही प्रत्यक्षदर्शी आरोपी ती प्रहरी जवानले नै उनीमाथि तीन राउन्ड गोली चलाएको समेत बताउँछन्। त्यस समयमा मृतक बालक १९ वर्षका मात्र थिए।

आदिवासीको व्याख्या फरक हुनसक्छ। तर, अन्तर्राष्ट्रिय रूपमा प्रचलित मान्यता अनुसार संसारका पाँच हजार भन्दा बढी किसिमका आदिवासी समुदाय छन्। आदिवासीको भाषा सात हजार किसिमको छ। संयुक्त राष्ट्र संघले यी मध्यका दुई हजार ६ सय ८० भाषा हराएर जान सक्ने बताएका छन्। सामान्यतया एउटा निश्चित स्थानमा पुस्तौँदेखि बसोबास भएर आएको समुदाय मानिन्छ। उनीहरूको आफ्नै भाषा र संस्कृति हुने गरेको छ। कतिपय देशमा अन्यत्रबाट बसोबास गर्दै आउनेले आदिवासीलाई नै दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेका कारण समस्या उत्पन्न भएको छ।

१७८८ पछि त्यहाँ आदिवासीको प्रभाव कम हुँदै गएको थियो। यसरी कम प्रभाव भएका ती स्थानमा अहिले पनि बचे खुचेका आदिवासी माथिको दुर्व्यवहार र ज्यादती बाँकी छ। त्यसको एउटा उदाहरण बालक हत्या काण्ड हो।

टोरेस स्ट्रिट टापुका मानिसलाई संसारकै पुरानो आदिवासी मध्यकै मानिन्छ। अष्ट्रेलियामा भएको यो घटना पनि त्यसै समुदायको बालकको जीवनमा हो। १७८८ मा युरोपेलीको त्यहाँ उपस्थिति हुनु अगाडि विभिन्न किसिमका दुई सय ५० आदिवासी स–साना राज्य भएको जनाइन्छ ।

युरोपेलीको आगमन भन्दा अगाडि गीत गाउने, हिँडडुल गर्ने लगायत गतिविधिका साथ ती आदिवासीको जीवन चलेको थियो। उनीहरू सिकार खेल्ने र किसानीको काममा पनि निपुण थिए।

१७८८ पछि त्यहाँ आदिवासीको प्रभाव कम हुँदै गएको थियो। यसरी कम प्रभाव भएका ती स्थानमा अहिले पनि बचे खुचेका आदिवासी माथिको दुर्व्यवहार र ज्यादती बाँकी छ। त्यसको एउटा उदाहरण बालक हत्या काण्ड हो। स्रोत: बीबीसी, एमनेस्टी इन्टरनेसनल, अलजजीरा

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ४७ बजे

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर – निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ । अबिरल वर्षाका

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको

वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत हुन एकसाता मात्रै बाँकी छ।