टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै « Khabarhub

टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् । पाकिस्तानले सन् २००९ मा इंग्ल्यान्डमै भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।

इंग्ल्यान्डले भने सन् २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको प्रतियोगितामा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन भएको थियो । तेस्रो संस्करणको प्रतियोगितामा इंग्ल्यान्ड फाइनलमा सात विकेटले विजयी भएको थियो ।

आईसीसी टी २० विश्वकपको उपाधि वेस्ट इन्डिजले सर्वाधिक दुई पटक जितेको छ । वेस्ट इन्जिडले सन् २०१२ को चौथो संस्करण र सन् २०१६ को छैटौं संस्करण उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ४६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको