टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै « Khabarhub

टी २० विश्वकपको फाइनलमा इंग्ल्यान्ड टस जितेर फिल्डिङ गर्दै


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी २० पुरुष विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्नेछ । यसअघि सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई दश विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई हराउँदै तेस्रो पटक फाइलनमा स्थान बनाएको थियो ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान र जस बट्लरको कप्तानीमा रहेको इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् । पाकिस्तानले सन् २००९ मा इंग्ल्यान्डमै भएको दोस्रो संस्करणको प्रतियोगितामा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।

इंग्ल्यान्डले भने सन् २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको प्रतियोगितामा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन भएको थियो । तेस्रो संस्करणको प्रतियोगितामा इंग्ल्यान्ड फाइनलमा सात विकेटले विजयी भएको थियो ।

आईसीसी टी २० विश्वकपको उपाधि वेस्ट इन्डिजले सर्वाधिक दुई पटक जितेको छ । वेस्ट इन्जिडले सन् २०१२ को चौथो संस्करण र सन् २०१६ को छैटौं संस्करण उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ४६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट