भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा : धनराज गुरुङ « Khabarhub

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा : धनराज गुरुङ


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् ।

आज बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरे ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गुरुङले देशमा मौलाएको भ्रष्टाचार तथा भ्रष्टाचारजन्य प्रवृत्तिलाई खोजीखोजी निर्मूल गर्नु आजको आवश्यकता रहेको बताए ।

“देशको विकास हुन नसक्नु र देश अधोगतितर्फ धकेलिनुको पछाडि भ्रष्टाचार जोडिएको छ”, उनले भने, “जबसम्म भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्न सक्दैनौँ तबसम्म देशको विकास सम्भव छैन, तसर्थः देशमा भएका भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएका ठूलासाना सबैलाई कानुनको कठघरामा उभ्याउनै पर्छ ।”

जोखिमयुक्त अवस्थामा रहेका स्याङ्जाका ग्रामीण सडक स्तरोन्नति, जिल्लाको लाइफलाइनका रुपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु लेन’ को सडक बनाउने, जिल्लामा प्रविधियुक्त र दक्ष उपकरणहरुसहित सुविधासम्पन्न अस्पताल निर्माण सो क्षेत्रका मुख्य एजेण्डा रहेका छन् ।

त्यस्तै, स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थानीय शिक्षाको विकास, नीतिगत तथा कानूनी समस्या संशोधनका लागि आवाज, भौतिक पूर्वाधारको विकासमा जोड, पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचानसँगै त्यसलाई आर्थिक आम्दानीका रुपमा विकास गर्ने, उद्यमशीलताका क्षेत्रलाई प्राथमिकता दिने र युवालाई स्वदेशमै रोजगार बनाउने अन्य एजेण्डा रहेका छन् ।

क्षेत्र नं २ मा कांग्रेस केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललगायत अन्य दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले नेतृ अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरी मन्त्री बनेकी थिइन् । स्याङ्जा क्षेत्र नं २ मा दुई पार्टीका केन्द्रीयस्तरका दुई नेताहरुबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारका कारण दुबैको मत काटिनसक्ने देखिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै