उम्मेदवारसँग मतदाताका मागैमाग « Khabarhub

उम्मेदवारसँग मतदाताका मागैमाग


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीयबासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।

सदरमकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करीब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन माग गरिरहेका छन् । “हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नु पर्छ । बाटो खराब हुँदा ट्याम्पोलगायत सस्तो भाडाका सवारी ल्याउन सकिन्न”, स्थानीयवासी नरेन्द्र राईले भने, “भ्यान र पिकअप ल्याउनु पर्दा सागसब्जीको पूरै दामले पुग्दैन ।” निवर्तमान प्रदेशसभा सदस्य आशारत्न जबेगूको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सडकको सामान्य स्तरोन्नति भए पनि पूर्ण नभएको उनीहरूको भनाइ छ ।

फिदिमकै वडा नं ११ फलाँटेका स्थानीयवासी सो स्थानमा रहेको पाथीभरा आधारभूत विद्यालयको भवन आधा निर्माण भई अलपत्र बनेको, पर्याप्त शिक्षक नभएको तथा नगरपालिकाले बेवास्ता गरेको भन्दै माथिल्ला निकायबाट भए पनि बजेटको व्यवस्था गरिदिन माग गरिरहेका छन् ।

फालेलुङ गाउँपालिका–५ हात्तिखेम्बाका मगर समुदायको गुम्बामा भान्साघर, शौचालयलगायत संरचना आवश्यक छन् । कच्ची संरचना हुँदा बर्खामास समस्या पर्ने भएपछि स्थानीयवासीले पक्की संरचना माग गरेको वर्षौं भयो । स्थानीय सरकारले स्थानीयवासीका माग पूरा नगरेपछि अन्य निकायसँग माग गर्ने काम भइरहेको स्थानीयवासी चूडामणि ग्याङ्मी मगरको भनाइ छ ।

फालेलुङ–४ खुर्बुकको मलौटेमा रहेको खेलमैदानमा वर्षौंदेखि एकादशी मेला लगाइनुका साथै फुटबललगायत खेलकुद प्रतियोगिता आयोजना हुने गरेका छन् । तर खेलमैदान व्यवस्थित नहुँदा फुटबल खेल सञ्चालन अपेक्षितरूपमा सहज छैन । उक्त खेलमैदानलाई व्यवस्थित गर्न बजेट आवश्यक परेको तथा खेलमैदानसम्म पुग्ने मोटरबाटो स्तरोन्नति आवश्यक रहेको स्थानीयवासी जङ्गवीर राई बताउँछन् ।

फालेलुङकै वडा नं ४ र ५ का कतिपय टोलमा टेलिफोनको टावर टिप्दैन । मोबाइलमा नेटवर्क नआउने समस्याले आजित स्थानीयवासी समस्या शीघ्र हल गरिदिन माग गरिरहेका छन् ।

हिलिहाङ गाउँपालिका वडा नं ३, ४ र ५ का स्थानीयवासी मेची राजमार्गको सल्लेरी हुँदै गाउँपालिकाको केन्द्र पञ्चमी जोड्ने सडक कालोपत्रे गर्न माग गरिरहेका छन् । अघिल्लो सरकारले रणनीतिक सडकका रूपमा कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारी काम अघि बढाएको भए पनि अहिले आएर बजेट नछुट्टिएको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्मुखमा उम्मेदवारहरूसँग स्थानीयवासीले यस्ता कयौँ मागहरु राखिरहेका छन् । स्थानीय तहबाट समाधान हुनसक्ने समस्यासमेत स्थानीयवासीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरूसँग राखिरहेका छन् । स्थानीय तहको ध्यान नपुगेका, बजेट नपुगेका तथा बेवास्तामा परेका बस्तीहरू माथिल्ला सरकारको अपेक्षा गरेर बसिरहेका छन् । कतिपय ठाउँका स्थानीयवासी भने स्थानीय तहको पहुँच नभएका विषय मागका रूपमा राखिरहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : २२ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल