हिउँद लागेसँगै भारतबाट बिजुली खरिद सुरु | Khabarhub Khabarhub

हिउँद लागेसँगै भारतबाट बिजुली खरिद सुरु


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो । 

हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ ।  गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ । बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ । 

प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि निर्यात पनि सँगसँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ। यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ। 

हिउँदमा जलप्रवाह घटेर विद्युत्  उत्पादन  कम  हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल  विद्युत् प्राधिकरणको  आकलनअनुसार  चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ । 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : १३ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे