दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले गृह प्रशासनका साथै मातहतका कार्यालयलाई उक्त निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

उनले आजै जाजरकोटमा भएको उक्त घटनाबारे जानकारी लिँदै मृतकको शव परिवारसम्म लैजानका लागि सहजीकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले जाजरकोट जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन पनि निर्देशन दिए ।

गृह मन्त्रालयका अनुसार जाजरकोटमा सोमबार भएको दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको थियो । स्थानीय प्रशासनका अनुसार नौ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा र अस्पतालमा निधन भएको जनाइएको छ ।

दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका वडा नं ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ०७ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको