दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन « Khabarhub

दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले गृह प्रशासनका साथै मातहतका कार्यालयलाई उक्त निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

उनले आजै जाजरकोटमा भएको उक्त घटनाबारे जानकारी लिँदै मृतकको शव परिवारसम्म लैजानका लागि सहजीकरण गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले जाजरकोट जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन पनि निर्देशन दिए ।

गृह मन्त्रालयका अनुसार जाजरकोटमा सोमबार भएको दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको थियो । स्थानीय प्रशासनका अनुसार नौ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजाँदै गर्दा र अस्पतालमा निधन भएको जनाइएको छ ।

दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका वडा नं ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ०७ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६