विश्व इतिहासमा आज : दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि एलिजावेथ प्रथम बेलायतकी महारानी « Khabarhub

विश्व इतिहासमा आज : दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि एलिजावेथ प्रथम बेलायतकी महारानी


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

युगोस्लाभियामा टिटो युगको सुरुवात

सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए । टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन् ।

दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति

दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए । मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो । इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ ।

एलिजावेथ प्रथम बेलायतकी महारानी

सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन् । भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन् ।

सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा

सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए । गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : २६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी