कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग « Khabarhub

कर्णालीमा स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – राष्ट्रिय बजारमा कर्णाली अर्थात जुम्लालाई स्याउ, ओखरले चिनाएको छ । कर्णाली प्रदेशको जुम्ला, कालिकोट, डोल्पा र मुगु जिल्लामा स्याउ र ओखर प्रयाप्त मात्रामा उत्पादन हुन्छ ।

कर्णालीमा उत्पादित स्याउ ओखर बजारकरण व्यवस्थापनका लागि कर्णालीका कृषकले स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष स्याउ-ओखर विकास बोर्ड गठन गर्न माग पत्र पेस गरिएको हो ।

तिला गाउँपालिका-८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ ओखर उत्पादन हुन्छ । यीनै उत्पादित कृषि वस्तुले उचित मूल्य पाउन सकेकाे छैन । उनले भने, ‘बजारीकरण गर्न कर्णाली प्रदेश सरकारसँग स्याउ ओखर विकास बोर्ड गठन गर्न माग गरेका हौं ।’

कर्णालीमा उत्पादित स्याउ-ओखर बजारीकरण गर्न बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताए । उनले भने, ‘कृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा पनि भाउ पाइँदैन ।’

कृषि विकास कार्यालयको तथ्यांकअनुसार २०७६ मा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो । २०७७ भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो ।

यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०० बजे

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान