तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित « Khabarhub

तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।

उपत्यकाबाहिरका जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । दाङमा २७ जना, भरतपुर अस्पतालमा १५ जना, गोरखाको आँपपिपल अस्पतालमा चार जना, बाँकेमा चार जना, सिराहाको नगयनपुर अस्पतालमा चार जना, महोत्तरीमा दुई जना, पर्सामा दुई जना, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना, मेची अस्पताल झापामा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम बढेको स्वयम् स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ४९ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य