तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित « Khabarhub

तेस्रो लहरको सुरुवातमै ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो लहरको सुरुवातमै काठमाडौँसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुका अनुसार काठमाडौँको महाराजगन्जस्थित टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।

उपत्यकाबाहिरका जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । दाङमा २७ जना, भरतपुर अस्पतालमा १५ जना, गोरखाको आँपपिपल अस्पतालमा चार जना, बाँकेमा चार जना, सिराहाको नगयनपुर अस्पतालमा चार जना, महोत्तरीमा दुई जना, पर्सामा दुई जना, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना, मेची अस्पताल झापामा एक जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम बढेको स्वयम् स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ४९ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन