२ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने | Khabarhub Khabarhub

२ रुपैयाँ दरको सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर पत्ता लगाउन सक्ने


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याएको छ ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ४० बजे

बर्डफ्लु मानिसबाट मानिसमा सर्दैन : डब्लुएचओ

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड

स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं– नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी

स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न