साउदीमा ६० नेपाली युवाको गुनासो- सम्झौता अनुसारको सेवा सुविधा पाएनौँ « Khabarhub

साउदीमा ६० नेपाली युवाको गुनासो- सम्झौता अनुसारको सेवा सुविधा पाएनौँ



दोहा– वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सोच हुन्छ, टन्न पैसा कमाउने र सुखी जीवन जिउने । आमा बुबाको सपना पूरा गरी परिवार सदस्यलाई खुसी बनाउने । यही अभिप्राय: बोकेर विदेशिएको युवाले दिनरात नभनी विदेशी भूमीमा दु:ख गर्छ ।

बेरोजगारीको पीडा सहन नसकी भएको पैसा लगानी गरी वैदेशिक रोजगारीमा जाने अधिकांश युवाको विदेशी भूमीमा पुगेपछि सपनामा ठेस लाग्न थाल्छ । मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसारको काम हुँदैन । काम भएपनि सम्झौता अनुसारको तलब तथा सेवा सुविधा पाइँदैन ।

अहिले यही समस्यामा रुमलिएका छन् साउदी पुगेका ६० नेपाली युवा । नेपालमा सम्झौता गरिए अनुसारको तलव सुविधा नपाएपछि उनीहरु समस्यामा छन् ।

विगत ५ महिनाअघि मात्र काठमाडौँको ह्युमर ओभरसिजमार्फत साउदी पुगेका उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नभएको भन्दै गुनासो गर्न थालेका छन् ।

आफूहरुले सम्बन्धित निकायलाई गुनासो गर्दा सुनुवाइ नभएको भन्दै सामाजिक सञ्जालमार्फत पीडा सार्वजनिक गर्न थालेका छन् ।

साउदीको तैफ मरकजस्थित अफ्रास ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा प्रतिमहिना १ हजार ५ सय साउदी रियाल र खाने बस्ने राम्रो सुविधा रहेको भन्दै म्यानपावर कम्पनीले जनही १ लाख ९० हजार लिएर पठाए पनि सो अनुसारको सेवा नपाएको पीडितमध्येका एकले बताए ।

‘मेनपावरले खानबस्नसहित १ हजार ५ सय रियाल हुने सम्झौता गरेर पठाएको भएपनि यहाँ कम्पनीले १ हजार २ सय मात्र दिन्छ’ ती युवाले खबरहबसँग भने, ‘एक पटक खाना दिए पनि कहिल्यै समयमा दिँदैनन्, कति दिन त खानै पाइएन । कहिले काम सकिएर फर्किन बेलामा खाना आउँछ। काम गर्न पनि कठिन छ ।’

‘आफूहरुलाई सर्त अनुसार तलव सुविधा नदिएको बारे मेनपावरलाई जानकारी गराउँदा एजेन्टलाई भन भन्छ,’ अर्का पीडित युवकले भने, ‘एजेन्टलाई सम्पर्क गर्दा कहिल्यै फोन उठ्दैन् घरबाट फोन गर्न लगाउदा पनि नम्बरलाई ब्लक लिष्टमा राखिदिएको रहेछ ।’

मेनपावर कम्पनी र एजेन्ट मिलेर आफूहरुलाई ठगी गरेको उनीहरुको बुझाइ छ । ह्युमर म्यानपावर र एजेन्टले फसाएको ती युवाले बताए । साउदीमा समस्यामा परेका युवाले रियादस्थित नेपाली दूतावासमा आफूहरु समस्यामा परेको जानकारी गराएका छन् ।

ती युवाले उपलब्ध गराएको एजेन्ट राजेन्द्र ओलीको मोबाइलमा भने सम्पर्क भएको छैन । यता युवाहरुले आफूहरुले गरेको सम्झौता अनुसार काम र सेवा सुविधा हुनुपर्ने भन्दै एजेन्ट र फसाउने मेनपावर कम्पनीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ११ : ४७ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु