अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द « Khabarhub

अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ ।

आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ।

जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै रहेका जोकोभिच भिसा रद्द गर्ने सरकारको निर्णयविरुद्ध अदालत जान सक्छन्।

यदी उनी मुद्दामा गएनन् भने तत्कालै अष्ट्रेलिया छोड्नुपर्ने भएको यूरो न्यूजले जनाएको छ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले भिसा रद्द गरिएको जनाइएको छ। यसअघि पनि जोकोभिचको भिसा चार दिनअघि रद्द गरिएपनि उनले अदालतमा मुद्दा दायर गरेपछि सरकारको निर्णय अदालतले खारेज गरिदिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : २० बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै