खेलकुद

अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द

By खबरहब

January 14, 2022

काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ ।

आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ।

जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै रहेका जोकोभिच भिसा रद्द गर्ने सरकारको निर्णयविरुद्ध अदालत जान सक्छन्।

यदी उनी मुद्दामा गएनन् भने तत्कालै अष्ट्रेलिया छोड्नुपर्ने भएको यूरो न्यूजले जनाएको छ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले भिसा रद्द गरिएको जनाइएको छ। यसअघि पनि जोकोभिचको भिसा चार दिनअघि रद्द गरिएपनि उनले अदालतमा मुद्दा दायर गरेपछि सरकारको निर्णय अदालतले खारेज गरिदिएको थियो ।