बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो « Khabarhub

बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा कोरोना संक्रमितका लागि आईसोलेसन कक्ष नहुँदा पाल भित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।

बुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उनले थपे । संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ ।

नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ । ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताएका छन ।

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ४० बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी