बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो « Khabarhub

बाजुरामा आइसोलेसन कक्ष नहुँदा संक्रमितलाई पालमा राखियो


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा कोरोना संक्रमितका लागि आईसोलेसन कक्ष नहुँदा पाल भित्र राखिएको छ । कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित भएका एक जनालाई पाल भित्र राखिएको हो ।

बुढीनन्दा नगरपालिका–७ का करिब ३१ वर्षिया महेश कार्कीलाई एन्टिजेन परीक्षणबाट कोरोना संक्रमणको पुष्टि भएको थियो । बुधवार एन्टिजेन परीक्षणबाट संक्रमित भएका कार्कीलाई आइसोलेसन कक्ष नहुँदा पालभित्र राखिएको छ ।

स्वास्थय परीक्षण भएको दिनदेखि अहिलेसम्म खुला चौरको चिसो पालभित्र रहेको उनले बताए । ‘घर जाउँ भने अपहेलना गर्छन, कोरोना भएको हल्ला बजारभरि छ’, उनले थपे । संक्रमण भएको नगरपालिकालाई जानकारी दिए पनि नगरपालिकाले वास्ता नगरेको उनको गुनासो छ ।

नगरपालिकासँग बस्न र कपडा पातको ब्यवस्था गरीदिन आग्रह गरे पनि उल्टै नगरपालिकाका कर्मचारीले थर्काउँदै आफैँले व्यवस्थापन गर्ने भनेको कार्कीले बताए ।

नगरपालिकमा आइसोलेन कक्ष नहुँदा संक्रमितलाई अहिले आयुर्वेदको भवन नजिकै पाल भित्र राखिएको छ । ईलाका प्रहरी कार्यालय कोल्टीले उपलब्ध गराएको पालमा बसिरहेको संक्रमितले बताएका छन ।

नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले भने नगरपालिकाले निमार्ण गरेका आइसोलेसन कक्ष टाढा भएका कारण संक्रमित पनि बस्न नमान्ने गरेका र स्वास्थ्यकर्मी पनि चेकजाँचका लागि जान नमानेका कारण समस्या भएको बताए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ४० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको