विश्वभर एकै दिन थपिनेभन्दा निको हुने ४ लाख धेरै « Khabarhub

विश्वभर एकै दिन थपिनेभन्दा निको हुने ४ लाख धेरै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थपिने कोरोना संक्रमितभन्दा करिब ४ लाख बढी कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ लाख ८१ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या १८ लाख ५० हजार २१७ छ ।

पछिल्लो साता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको दैनिक संख्या बढ्दै गएको छ ।

मृत्यु हुनेको संख्या पनि घट्न थालेको छ । पछिल्लो एक दिनमा ५ हजार ४४९ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा सबैभन्दा धेरै रुसमा एक लाख ९७ हजार जना छन् । त्यसैगरी जर्मनीमा एक लाख ८ हजार, फ्रान्समा ८६ हजार, टर्कीमा ७३ हजार, ब्राजिलमा ५७ हजार, इटलीमा ५१ हजार, बेलायतमा ४१ हजार र अमेरिकामा ३१ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा सबैभन्दा धेरै ब्राजिलमा २ लाख १५ हजार, इटलीमा एक लाख ९ हजार, फ्रान्समा एक लाख ८ हजार, रुसमा एक लाख एक हजार, बेलायतमा ९८ हजार, अमेरिकामा ७७ हजार, टर्कीमा ७० हजार र जर्मनीमा ५७ हजार जना छन् ।

मृत्यु हुनेहरुमा सबैभन्दा धेरै रुसमा ७०६, बेलायतमा ४६७, ब्राजिलमा ३२५, टर्कीमा २७६, इटलीमा १९१, बेलायतमा ५२ जना र जर्मनीमा ४७ जना छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत