विश्वभर एकै दिन थपिनेभन्दा निको हुने ४ लाख धेरै « Khabarhub

विश्वभर एकै दिन थपिनेभन्दा निको हुने ४ लाख धेरै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थपिने कोरोना संक्रमितभन्दा करिब ४ लाख बढी कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ लाख ८१ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या १८ लाख ५० हजार २१७ छ ।

पछिल्लो साता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको दैनिक संख्या बढ्दै गएको छ ।

मृत्यु हुनेको संख्या पनि घट्न थालेको छ । पछिल्लो एक दिनमा ५ हजार ४४९ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा सबैभन्दा धेरै रुसमा एक लाख ९७ हजार जना छन् । त्यसैगरी जर्मनीमा एक लाख ८ हजार, फ्रान्समा ८६ हजार, टर्कीमा ७३ हजार, ब्राजिलमा ५७ हजार, इटलीमा ५१ हजार, बेलायतमा ४१ हजार र अमेरिकामा ३१ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा सबैभन्दा धेरै ब्राजिलमा २ लाख १५ हजार, इटलीमा एक लाख ९ हजार, फ्रान्समा एक लाख ८ हजार, रुसमा एक लाख एक हजार, बेलायतमा ९८ हजार, अमेरिकामा ७७ हजार, टर्कीमा ७० हजार र जर्मनीमा ५७ हजार जना छन् ।

मृत्यु हुनेहरुमा सबैभन्दा धेरै रुसमा ७०६, बेलायतमा ४६७, ब्राजिलमा ३२५, टर्कीमा २७६, इटलीमा १९१, बेलायतमा ५२ जना र जर्मनीमा ४७ जना छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २२ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन