यी हुन् शरीरमा संस्कृत शब्दको ट्याटु खोप्ने विदेशी सेलिब्रेटी « Khabarhub

यी हुन् शरीरमा संस्कृत शब्दको ट्याटु खोप्ने विदेशी सेलिब्रेटी


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केटी पेरी केवल अमेरिकामा मात्र नभई विश्वभर चर्चित गायिका गीतकार र अभिनेत्रीको रूपमा प्रसिद्ध छिन् । उनै पेरीले आफ्नो हातमा ट्याटुको रूपमा संस्कृत शब्द अनुगच्छतु प्रवाह’ लेखेकी छन् । तर यो शब्दको अर्थ के हो त ?

’अनुगच्छतु प्रवाह’को गहिरो अर्थ हुन्छ । यस शब्दको अर्थ हो, समयसँगै बहिरहनु वा हिँडिरहनु । यसरी चर्चित अमेरिकी सेलिब्रेटीले संस्कृतको शब्द आफ्नो हातमा लेखि रहँदा यसले नेपालबाट हराउने अवस्थामा पुगेको संस्कृतको ओज बढेको छ ।

पेरी मात्र होइन, अंग्रजी फिल्मका कलाकार, रेडियो होस्ट, लेखक र सामाजिक कार्यकर्ता रसल ब्राण्डले समेत आफ्नो हातमा ट्याटु बनाउन संस्कृतको प्रयोग गरेका छन् । उनले आफ्नो पाखुरामा ’ॐ नमः शिवाय’ मन्त्र लेखेका छन् ।

यस अलावा अमेरिकन गायक, डान्सर र कोरियोग्राफर किम्बर्ली व्याटले पनि आफ्नो गर्धनको पछाडि संस्कृतको एक श्लोक लेखेकी छन् । उनले ’लोकाः समस्ताः सुखिनो भवन्तु’ को ट्याटू खोपेकी छन् ।

यस्तै अमेरिकन अभिनेत्री निर्माता ब्रिटनी स्नाले पनि संस्कृत शब्द अभय लेखेकी छन् । ब्रिटनी जस्तै अमेरिकन गायक, अभिनेता, म्युजिक कम्पोजर माइली साइरसले आफ्नो हातको बाँया नाडीमा ओम् लेखेकी छन् । मरुन फाइभ ब्याण्डका गायक एडमले आफ्नो छातीमा संस्कृत शब्द ’तपस’ लेखेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ३४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु