आगोमा जलेर बृद्धको मृत्यु « Khabarhub

आगोमा जलेर बृद्धको मृत्यु


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।

आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।

आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए । मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ०९ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।