सुकेटार विमानस्थल दुई सातापछि पुनः सञ्चालनमा « Khabarhub

सुकेटार विमानस्थल दुई सातापछि पुनः सञ्चालनमा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उनले बताए ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ४० बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम