खोटाङको हलेसी मन्दिर प्रवेश खुला « Khabarhub

खोटाङको हलेसी मन्दिर प्रवेश खुला


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ ।

कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।

कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार हलेसीको गेटमा तेस्रो पल्ट ताला लगाइएको थियो । पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।

हलेसी मन्दिरको गेटमा ताला लागेको समयमा दर्शनार्थीले गेटभन्दा बाहिरबाटै दर्शन तथा पूजापाठ गरेका थिए । हलेसी मन्दिरको गेटमा लागेको ताला खुलेपछि दर्शनार्थीको आवागमन बढ्ने र व्यवसायमा सकरात्मक प्रभाव पर्नेमा होटल व्यवसायी उत्साहित छन् ।

कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नुअगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : २० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन