एमाले द्वन्द्व चाहँदैन–शेरबहादुर तामाङ « Khabarhub

एमाले द्वन्द्व चाहँदैन–शेरबहादुर तामाङ


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले महाअभियोगको प्रस्तावकोबारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ ।

साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने उनले बताए ।

‘सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन,’ नेता तामाङले भने, ‘महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । ’

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : ०० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी