कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्ड « Khabarhub

कीर्तिपुर अस्पतालमा बाल चिकित्सा वार्ड


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि जर्मनीका राजदूत डा थमस प्रिन्जले कीर्तिपुर अस्पतालमा निर्माण गरिएको बाल चिकित्सा वार्डको आज उद्घाटन गरेका छन् । नेपालमेड इभि जर्मनीको सहयोगमा सो वार्डको निर्माणपछि बालबालिकाले सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् ।

सो अवसरमा राजदूत प्रिन्जले जर्मनी सरकारले विकास सहयोगअन्तर्गत नेपालका विभिन्न परियोजना लामो समयदेखि नेपालको ऊर्जा क्षेत्र, स्थानीय सरकारको सवलीकरण तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

उनले बाल चिकित्सालाई सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताए । नेपालमेड इभि जर्मनीका अध्यक्ष डा आर्ने ड्रिउजले सो संस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण, मानवसंशाधन विकास र दक्षता अभिवृद्धिमा सहयोग गर्दै आएको जनस्तरबाट भएको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजाने बताए । फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानले जर्मनीमा विभिन्न क्षेत्रमा कार्यरत नागरिकको पहलमा स्थापित नेपालमेड संस्थाले २०७२ सालको महाभूकम्पपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको बताए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नेपालमेड संस्थाले नागरिकस्तरबाट कीर्तिपुरको स्वास्थ्य, शिक्षाका क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे । फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक ढाँचामा सञ्चालन गरिएको कीर्तिपुर अस्पतालले छोटो समयमै विशिष्ठ स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको जनाउँदै बाल चिकित्सा वार्डको निर्माणले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले नेपालमेडको सहयोगमा कार्यान्वयन गरिएका विभिन्न स्वास्थ्य परियोजनाका बारेमा जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : ०० बजे

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११