स्वास्थ्य बीमा लोकप्रिय बन्दै « Khabarhub

स्वास्थ्य बीमा लोकप्रिय बन्दै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए ।

स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको उक्त कार्यालयले जनाएको छ ।

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ ।

सो अनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको संयोजक रावतले बताए ।

बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषधोपचार नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । अझै यसप्रति नागरिकको कम आकर्षण भएको यहाँका सरोकारवालाले बताए ।

जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार/पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ४५ बजे

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी