विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

संसद्को गतिरोध र एमसीसीका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका थिए । तर सभामुखबाट सापकोटाको बहिर्गमनको माग गरिरहेको एमालेले भने बैठक बहिष्कार गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४५ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्