खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार « Khabarhub

खाली कागजमा हस्ताक्षर गर्न एमालेका पाँच सांसदद्वारा अस्वीकार


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले आवश्यक पर्न सक्ने भन्दै आफ्ना सांसदहरुको हस्ताक्षर गराएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौं । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ’, भट्टराईले भने ।

तर एमालेका पाँच सांसदले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सांसदहरू भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल, र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

खाली कागजको फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेकामध्ये भीम रावलले लिखितरुपमा नै असहति राखेका थिए भने अन्य चारले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको बताए । उनले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै चित्त नबुझेको कुरा जनतामा भन्नुपर्ने बताए ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसको काउन्टरमा अन्य चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सक्ने नेताहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन