एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित « Khabarhub

एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० को जित दर्ता गरेको हो। खेलको २४ औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा नेयमारले गोल गरे। त्यसैगरी खेलको ६१ औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० को स्पष्ट जित दिलाएका हुन्।

जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ०० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको