स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स | Khabarhub Khabarhub

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो ।

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरण उपलब्ध गराएको हो ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको विशेष पहलमा सगरमाथा इन्स्योरेन्स कम्पनीले राजस्व छुटसहित १५ लाख बराबरको एम्बुलेन्स र माछापुछ्रे बैकले ५ लाख ६५ हजार बराबरको प्रयोगशालाका उपकरणहरु उपलब्ध गराएको सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख डिबि कटुवालले जानकारी दिए।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको समन्वयमा सगरमाथा इन्स्योरेन्स कम्पनीले देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरणहरु हस्तान्तरण गरेको छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चुङ्की क्षेत्रीले त्रियुगा नगरपािलकाका नगर प्रमुख बलदेव चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

साँचो हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापनका लागी देउरी स्वास्थ्य चौकीलाई उदयपुर सिमेन्ट उद्योग लिमिटेडको तर्पmबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैक लि। को तर्फबाट ५ लाख ६५ हजार र अन्य संघ÷संस्थाहरूको तर्फबाट गरि कुल ३० लाखको बराबरको सामाग्री स्वास्थ्य चौकी देउरीले प्राप्त गरेको छ ।

उदयपुर सिमेण्ट उद्योगमार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

एम्बुलेन्स तथा मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास लिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : १३ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना