स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स « Khabarhub

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो ।

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य चौकी देउरीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरण उपलब्ध गराएको हो ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको विशेष पहलमा सगरमाथा इन्स्योरेन्स कम्पनीले राजस्व छुटसहित १५ लाख बराबरको एम्बुलेन्स र माछापुछ्रे बैकले ५ लाख ६५ हजार बराबरको प्रयोगशालाका उपकरणहरु उपलब्ध गराएको सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख डिबि कटुवालले जानकारी दिए।

उदयपुर सिमेन्ट उद्योग लिमिटेडको समन्वयमा सगरमाथा इन्स्योरेन्स कम्पनीले देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स तथा प्रयोगशालाको उपकरणहरु हस्तान्तरण गरेको छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चुङ्की क्षेत्रीले त्रियुगा नगरपािलकाका नगर प्रमुख बलदेव चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

साँचो हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको व्यवस्थापनका लागी देउरी स्वास्थ्य चौकीलाई उदयपुर सिमेन्ट उद्योग लिमिटेडको तर्पmबाट ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाख, माछापुच्छ्रे बैक लि। को तर्फबाट ५ लाख ६५ हजार र अन्य संघ÷संस्थाहरूको तर्फबाट गरि कुल ३० लाखको बराबरको सामाग्री स्वास्थ्य चौकी देउरीले प्राप्त गरेको छ ।

उदयपुर सिमेण्ट उद्योगमार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए ।

एम्बुलेन्स तथा मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास लिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : १३ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई