साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग « Khabarhub

साउदीमा अलपत्र नेपालीलाई एनआरएनएको खाद्यान्न सहयोग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाममा अलपत्र ८ नेपालीलाई खाद्यान्न सहयोग गरेको छ। विगत ६ महिना अघि काठमाडौँमा रहेको विसडम ह्युमन मेनपावरमार्फत हेभी ड्राइभरमा त्यहाँ पुगेका ८ नेपाली अलपत्र परेका हुन्।

खानसमेत नपाएका नेपाली ड्राइभरहरुले नेपाली दूतावासका स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानलाई पासपोर्ट वितरण भेटेका थिए।

नेपालीले जनसम्पर्क पासवानलाई आफूलाई रोजगारदाता कम्पनीले अलपत्र राखिएका नेपालीलाई खाद्यान्न सहयोग गरिएको एनआरएनएले जनाएको छ।

उनीहरुलाई पठाउने मेनपावर कम्पनीबाट सोधभर्ना हुनेगरी तत्काल खाद्यान्न सामग्री उपलब्ध गराउन एनआरएनए साउदी अरबका अध्यक्ष डमरकुमार यादव, उपाध्यक्ष रबिना अर्याल गैर मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल र दूतावासका जनसम्पर्क अधिकारी पासवानसहितको संयुक्त टोलीले पीडितलाई भेटेर दुई हप्तासम्म पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराएको हो।

एनआरएनएले पीडितलाई अलपत्र पर्ने विसडम ह्युमन मेनपावरलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही गर्न र पिडितको स्वदेश फिर्ती , न्याय र क्षतिपूर्ति दिलाउनका लागि सरोकारवाला निकायसँग मागसमेत गरेको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ४५ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको