'आप'को विजय र नेपालमा विकल्पको जिज्ञासा | Khabarhub Khabarhub

‘आप’को विजय र नेपालमा विकल्पको जिज्ञासा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हालै भारतको पाँच वटा प्रान्त उत्तर प्रदेश, पन्जाब, उतराखण्ड, मणिपुर र गोवा मा प्रान्तीय सदनकालागि निर्वाचन सम्पन्न भएको छ। यस पटकको मत परिणाम अनुसार पन्जाब बाहेक बाँकि चारवटै प्रान्तमा भारतीय जनता पार्टी र तिनको गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त भएको छ। यसमा पनि उत्तर प्रदेश र उतराखण्ड राज्य प्रत्यक्ष रूपमा नेपालको सीमासँग जोडिएका राज्यहरू हुन भने सास्कृतिक र भाषिक रूपबाट मणिपुर राज्यलाई पनि केही हदसम्म जोडिएको मानिन्छ। अन्य दुई राज्यको खासै साइनो देखिन्न। गोवा प्रान्त भारतको सुदूर दक्षिणवर्ती क्षेत्र हो भने पन्जाब राज्य पाकिस्तान संग जोडिएको सीमान्त प्रान्त हो।

नेपाली सीमाको ठूलो क्षेत्र संग जोडिने प्रान्त उत्तर प्रदेशमा भारतीय जनता पार्टीको नेता तथा तत्कालीन मुख्यमन्त्री योगी आदित्यनाथ को नेतृत्वलाई दोस्रो पटक अवसर प्राप्त भएको छ। राज्य विधानसभाको कुल ४०३ स्थान मध्ये भाजपा लाई २७१ सिट प्राप्त भएको छ भने अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले १२७ स्थान हासिल गर्न भ्याए का छन। पुरानो राजनीतिक दल काँग्रेसले दुई सिट सुरक्षित गर्न सकेको छ र विगतमा दलित राजनीति को माध्यमबाट स्थापित पूर्व मुख्यमन्त्री मायावतीको दल बहुजन समाजवादी पार्टीलाई जम्मा एउटा सिट प्राप्त भएको छ। दुई ठाउँबाट अन्यलाई अवसर जुरेको छ।

दलित आन्दोलनबाट उदाएकी मायावतीको कार्यकालमा व्याप्त चरम भ्रष्टाचार र नातावादका कारण आज उनी किनाराकी साक्षी बन्न पुगेकी छिन।

पछिल्लो समय उत्तर प्रदेशको राजनीतिमा विकास, रोजगार र भ्रष्टाचार भन्दा पनि समाज भित्रको सुरक्षित वातावरण नै प्रमुख मुद्दा बन्दै आएको छ। विगतमा समाजवादी पार्टीलाई प्राप्त अवसरको दुरुपयोग जातीय र साम्प्रदायिक विभाजन ल्याउन गरिएको हुँदा त्यहाँको राजनीतिमा निर्णायक बन्न सफल भारतीय जनता पार्टीलाई जनताबाट पुनः दोस्रो पटकका लागि पुरस्कृत गरिएको हो। दलित आन्दोलनबाट उदाएकी मायावतीको कार्यकालमा व्याप्त चरम भ्रष्टाचार र नातावादका कारण आज उनी किनाराकी साक्षी बन्न पुगेकी छिन।

तर सबैभन्दा बढि निराशाजनक प्रदर्शन काँग्रेस पार्टी को रह्यो। हजुरआमा इन्दिरा गान्धी जस्तै मिल्दोजुल्दो अनुहार भएकी बहुप्रचारित नातिनी प्रियंका गान्धीलाई उत्तर प्रदेश को जनताले अस्वीकार गरिदिएका छन। परिवारवाद को आरोपबाट आलोचित काँग्रेसले अबपनि आफ्नो नेतृत्व बारे खुलस्त छलफल गरेन भने भारतको राष्ट्रिय राजनीतिमा विकल्पहिन अवस्थाको अन्त्य हुने छाँटकाँट निकट भविष्यमा देखिन्न।

नेपाल सीमासँग जोडिएको अर्को राज्य उतराखण्डमा पनि भारतीय जनता पार्टीलाई दोहोरिने मौका प्राप्त भएको छ। जम्मा ७० सिट भएको विधानसभामा भाजपालाई ४७ सिट सहित बहुमत प्राप्त भएको छ। यस पटक पार्टीलाई दुई स्थानको लाभ समेत भएको छ। यसैगरी प्रतिपक्ष काङ्ग्रेस पार्टीलाई १९, बहुजन समाजवादी पार्टीलाई २ अन्य लाई २ स्थानबाट सफलहुने अवसर प्राप्त भएको छ। तर भाजपा का निवर्तमान मुख्यमन्त्री पुष्कर सिंह धामी र काङ्ग्रेस पार्टीको प्रतिपक्षी नेता तथा पूर्व मुख्यमन्त्री हरिश रावत आ-आफ्ना निर्वाचन क्षेत्रबाट पराजित भएको अनौठो संयोग पनि भएको छ।

नेपाल सीमासँग जोडिएको अर्को राज्य उतराखण्डमा पनि भारतीय जनता पार्टीलाई दोहोरिने मौका प्राप्त भएको छ। जम्मा ७० सिट भएको विधानसभामा भाजपालाई ४७ सिटसहित बहुमत प्राप्त भएको छ। यस पटक पार्टीलाई दुई स्थानको लाभसमेत भएको छ।

यसरी नै मणिपुर र गोवा मा भाजपा लाई नै विजय प्राप्त भएको छ। गोवा विधानसभाको ३८ सिटमा भारतीय जनता पार्टीलाई २०, काङ्ग्रेसलाई ११, आप पार्टीलाई २ र अन्य लाई ७ स्थान हासिल भएको छ। पूर्वाञ्चल प्रान्त मणिपुर मा पनि भाजपालाई बहुमत प्राप्त भएको छ। यो राज्यको विधानसभामा ६० सिट मध्ये भारतीय जनता पार्टी जम्मा ३१ स्थानबाट सफलहुन सकेको देखिन्छ। यसैगरी स्थानीय राजनीतिक दलहरू एन पी एफ लाई ८, एन पी पी लाई ५ र काङ्ग्रेसलाई ५ सहित अन्य लाई ११ स्थानबाट अवसर प्राप्त भएको छ।

भारतको पश्चिमोत्तर र पाकिस्तान संग सीमा जोडिएको प्रान्त पन्जाब मा यसपटक को निर्वाचनले रोचक परिदृश्य देखाएको छ। निर्वाचन परिणामको घोषणा संगै नेपालमा पन्जाब प्रान्त चर्चित भएको देखिन्छ। लामो कालखण्डसम्म अनवरत सत्तारुढ रहेको काङ्ग्रेस पार्टीलाई नराम्रोसँग पराजित गर्दै अरविन्द केजरीवाल नेतृत्वको दल “आम आदमी पार्टी” (आप) लाई राज्य सञ्चालनको अवसर प्राप्त भएको छ। यस परिणामलाई अहिले नेपालमा परिवर्तन को संवाहक, सम्भावना र उत्साहजनक प्रदर्शनका मानक बनाउन लागिएको देखिन्छ। आफ्नो सीमा जोडिएको उत्तर प्रदेश र उतराखण्डको निर्वाचन परिणाम भन्दा पनि अलि टाढै को पन्जाब तर्फ ध्यान केन्द्रित हुनु आफैंमा रोचक भए पनि यसले जनमानसमा बढ्दै गएको आक्रोश र परिवर्तन प्रति को आकाङ्क्षालाई प्रतिबिम्बित गरेको चाहि पक्कै हो।

लामो कालखण्डसम्म अनवरत सत्तारुढ रहेको काङ्ग्रेस पार्टीलाई नराम्रोसँग पराजित गर्दै अरविन्द केजरीवाल नेतृत्वको दललाई राज्य सञ्चालनको अवसर प्राप्त भएको छ। यस परिणामलाई अहिले नेपालमा परिवर्तनको संवाहक, सम्भावना र उत्साहजनक प्रदर्शनको मानक बनाउन लागिएको देखिन्छ।

निर्वाचन हुनु पूर्व पन्जाबमा काङ्ग्रेस पार्टीको सरकार थियो। विगत केही समयदेखि पन्जाब को सत्तारुढ काङ्ग्रेस पार्टी भित्र गम्भीर मतभेद र विवादास्पद परिस्थिति हरू देखा पर्दै आएको थियो। पछिल्लो विधानसभा निर्वाचनमा बलियो नेतृत्व दिएको पुरानो नेता तत्कालीन मुख्यमन्त्री अमरिन्दर सिंहलाई किनारा लगाएर चरनजीत सिंह चन्नी लाई स्थापित गराउने केन्द्रीय नेताहरुको अपरिपक्व निर्णयबाट हुनपुगेको गम्भीर क्षतिको समायोजन गराउन पार्टीलाई निकै सकस हुने नै छ। भारतीय टेलिभिजन च्यानल को लोकप्रिय कार्यक्रम “द कपिल शर्मा शो” बाट कमेडियनको रुपमा चर्चित पूर्व क्रिकेट खेलाडी नवजोत सिंह सिद्धु लाई आवश्यकता भन्दा बढी महत्वपूर्ण बनाई तिनी मार्फत पुरानो र परिक्षित नेता अमरिन्दर सिंहलाई पार्टीबाट बहिर्गमन गर्न बाध्य पारिएको दुष्परिणाम अहिले काङ्ग्रेस पार्टीले भोग्नुपर्ने नियति बनेको छ। तर रोचक र अनौठो त के छ भने कमेडियन बाट चर्चित नवजोत सिंह सिद्धु अध्यक्ष रहेको काङ्ग्रेस पार्टीलाई पराजित गर्ने आप पार्टीका प्रस्तावित मुख्यमन्त्री भगवन्त मान पनि कमेडियन पृष्ठभूमिबाट नै आएका हुन।

प्रख्यात गान्धीवादी र समाजसेवी अन्ना हजारे नेतृत्वको भ्रष्टाचार विरोधी आन्दोलन मार्फत सत्ताको भञ्ज्याङ चढ्न सफल अरविन्द केजरीवाल को पार्टी द्वारा पन्जाब मा प्रदर्शित निर्वाचन परिणामलाई नेपाली सञ्चार माध्यम र कतिपय विश्लेषकले परिवर्तन र वैकल्पिक शक्ति को सम्भावित उदय को रुपमा अर्थाएको देखिन्छ। हुनत ३२ वटा प्रान्त सहितको राष्ट्र भारत कालागि जम्मा दुई राज्य मा सरकार गठन गर्न सक्नु लाई वैकल्पिक मान्ने विचार अलि हतार को अभिव्यक्ति हुन्छ। तर विकल्प को खोजी, सम्भावना र रोजाइ बारे नेपाल भित्र हुँदै गरेको चर्चालाई असहज भन्न मिल्दैन।

नेपालको राजनीतिक क्षितिजमा परिवर्तनको प्रवेश बारम्बार हुने गरेको यथार्थ हो। यस क्रममा भएका परिवर्तनहरू बाट राणाशासन, राजतन्त्र र प्रजातन्त्रिक शक्तिहरूलाई पनि कुनामा पुर्याएको ऐतिहासिक तथ्य छ। जनआकांक्षा अनुरुप परिणाम दिन नसक्ने वा मनपरीतन्त्र चलाउन खोज्ने हरूलाई विपरीत अवस्था भोग्नु परेको थियो र छ पनि। राणाहरूलाई विदाई गर्दै राजवंश प्रति समर्पित जनताले कालान्तरमा प्रजातन्त्रिक शक्तिहरूलाई शासन सत्ता को बागडोर सुम्पे तर जनचाहनाअनुसार गर्न नसकेको अथवा अपेक्षित परिणाम दिन नसक्दा माओवादीलाई वैकल्पिक बन्ने अवसर दिइयो।

नेपालको राजनीतिक क्षितिजमा परिवर्तनको प्रवेश बारम्बार हुने गरेको यथार्थ हो। यस क्रममा भएका परिवर्तनबाट राणाशासन, राजतन्त्र र प्रजातन्त्रिक शक्तिलाई पनि कुनामा पुर्याएको ऐतिहासिक तथ्य छ।

पछि सत्ता रसास्वादनमा रमेका माओवादीबाट समाजले गतिशील र समाधानमूलक परिणामको साटो संस्कृति र परम्परालाई प्रहार गर्न तम्सिएको देख्दा परम्परा वादी राजनीतिक दल राप्रपा(नेपाल) लाई विकल्प बन्ने अवसर दिइएकै थियो। तर उनीहरू पनि जनतासँग गरेको वचन विपरीत राज्य सत्तालाई नै मलजल गर्न पुगेको देखेर नयाँ र उदीयमान दल विवेकशील साझा पार्टीलाई खोजे र रोजे पनि। दुर्भाग्यवश तिनीहरूमा पनि अधैर्य नै देखिरहँदा अहिले आमजनमानसको मनमस्तिष्क मा नैराश्य, असन्तुष्टि र आक्रोशको समवेत परिस्थिति सिर्जित हुनपुगेको छ। वैकल्पिक शक्ति प्रति को विश्वास र समर्थन चमत्कारिक ढङ्गबाट वा रातारात सम्भव हुदैन। तर प्राकृतिक सिद्धान्त अनुसार परिवर्तन र विकल्प खोजीको शाश्वत सत्य जहिले पनि जारी रहन्छ।

दल भन्दा पनि तिनको नेताहरु प्रति जनतामाझ असन्तोष बढ्दैछ। व्यक्ति परिवर्तनको उपायलाई मार्गचित्रको रुपमा अवलम्बन गरिए पनि वास्तवमा यसलाई वैकल्पिक शक्त को खोज र समर्थन नै भन्नुपर्छ।

वैकल्पिक देखिने तर नया मुद्दाहरूलाई प्रभावी ढङ्गबाट उठान गराउन नसक्ने अवस्था हुँदा तत्काल कोलागि राजनीतिक दलको विकल्प खोज्ने भन्दा पनि त्यस भित्रैबाट परिवर्तनको प्रयास बढ्न थालेको छ। अहिले त्यस्को प्रस्फुटन नेपाली काङ्ग्रेसको महाधिवेशन मार्फत गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ तथा राप्रपा महाधिवेशन मार्फत राजेन्द्र लिंग्देन को रुपमा भएको देखिन्छ। बामपन्थी दलहरूमा पनि विद्रोही स्वर सुन्नु पर्ने अवस्था भनेको विकल्पको खोजी नै हो।

दल भन्दा पनि तिनको नेताहरु प्रति जनतामाझ असन्तोष बढ्दैछ। व्यक्ति परिवर्तनको उपायलाई मार्गचित्रको रुपमा अवलम्बन गरिए पनि वास्तवमा यसलाई वैकल्पिक शक्ति को खोज र समर्थन नै भन्नुपर्छ। राणाशासनको पतन देखि संघीय गणतन्त्रको स्थापना गराउने जनताको प्रयास र संघर्ष को एकमात्र उद्देश्य सहजतापूर्वक जीविकोपार्जन को आकाङ्क्षा थियो जुन अझैपनि जारी रहेको देखिन्छ। यस दुर्भाग्यपूर्ण अवस्थाको निराकरण गर्ने दायित्व यि राजनीतिक दल र तिनका नेताहरुको हो। अन्यथा स्मरण रहोस, मौन जनमत निर्णायक हुनेगर्दछ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : २१ बजे

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले

रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला

म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती