सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ ।

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ५२ बजे

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध