युक्रेनमा रुसी आक्रमणबारे फ्रान्सेली र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

युक्रेनमा रुसी आक्रमणबारे फ्रान्सेली र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युक्रेनमाथि जारी रुसी आक्रमणबारे छलफल गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्ताका क्रममा युक्रेनमाथि आक्रमण गरेको रुसलाई जवाफदेही बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ–आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

‘राष्ट्रपति बाइडेनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धबारे फेरि छलफल गर्नुभएको छ ।’ ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ । रुसले पोल्याण्डको सीमानजिक युक्रेनी सैनिक तालिम केन्द्रमा आक्रमण गरेको केही घण्टापछि दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध आक्रमण शुरु गरेको थियो ।

(राससबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १२ : ४८ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।