निलम्बित प्रधानन्यायाधीश विरुद्ध महाअभियोग पारित गर्न मानव अधिकार तथा शान्ति समाजको माग « Khabarhub

निलम्बित प्रधानन्यायाधीश विरुद्ध महाअभियोग पारित गर्न मानव अधिकार तथा शान्ति समाजको माग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।

शान्ति समाजको २४ ‍औँ बैठकबाट प्रधानन्यायाधीश विरुद्ध महाअभियोग माग गरेको अध्यक्ष गोविन्द खनालको जारी  वक्तव्यमा उल्लेख छ ।

मानव अधिकार तथा शान्ति समाजको बैठक कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते  सम्पन्न भएको थियो ।  बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

कार्यक्रममा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले शान्ति समाजको  राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरेका थिए ।  भने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित  बैठकमा विभिन्न जिल्लाबाट  २०० भन्दा बढी अधिकारकर्मी सहभागी भएका  थिए ।

न्यायालय शुद्धिकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न तथा अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्न समेत बैठकले माग गरेको केन्द्रीय महासचिव बराले बताए । 

बैठकले  रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो ।

शान्ति समाजले  वाणगंगा नदीको  सफाइ कार्यक्रम सहित बैठक समापन गरिएको थियो । उक्त संस्थाले  रक्तदान, शान्ति र्‍याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना सम्पन्न गरेको उनले जानकारी दिए  ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : १८ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा