निलम्बित प्रधानन्यायाधीश विरुद्ध महाअभियोग पारित गर्न मानव अधिकार तथा शान्ति समाजको माग « Khabarhub

निलम्बित प्रधानन्यायाधीश विरुद्ध महाअभियोग पारित गर्न मानव अधिकार तथा शान्ति समाजको माग


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।

शान्ति समाजको २४ ‍औँ बैठकबाट प्रधानन्यायाधीश विरुद्ध महाअभियोग माग गरेको अध्यक्ष गोविन्द खनालको जारी  वक्तव्यमा उल्लेख छ ।

मानव अधिकार तथा शान्ति समाजको बैठक कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते  सम्पन्न भएको थियो ।  बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

कार्यक्रममा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले शान्ति समाजको  राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरेका थिए ।  भने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित  बैठकमा विभिन्न जिल्लाबाट  २०० भन्दा बढी अधिकारकर्मी सहभागी भएका  थिए ।

न्यायालय शुद्धिकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न तथा अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्न समेत बैठकले माग गरेको केन्द्रीय महासचिव बराले बताए । 

बैठकले  रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो ।

शान्ति समाजले  वाणगंगा नदीको  सफाइ कार्यक्रम सहित बैठक समापन गरिएको थियो । उक्त संस्थाले  रक्तदान, शान्ति र्‍याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना सम्पन्न गरेको उनले जानकारी दिए  ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : १८ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर