देउवालाई रावलको जवाफ-‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’ | Khabarhub Khabarhub

देउवालाई रावलको जवाफ-‘प्रधानमन्त्रीकै दिमाग खुस्केर होस हराएको हुनुपर्छ’


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे आफूमाथि लगाएको आरोपप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाको भनाइ आए लगत्तै ट्वीट गर्दै रावलले उक्त भनाइप्रति असहमति जनाएका हुन् ।

प्रधानमन्त्री देउवाले सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको तर, त्यतिबेला रावलले कुनै प्रतिक्रिया नदिएर अहिले किन टाउको दुखाएको भनि प्रश्न गरेका थिए ।

जवाफमा रावलले आफू मन्त्री भएका बेला मन्त्रिपरिषदबाट एमसीसी पारित नभएको जिकिर गरेका छन् । उनले आफु केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री भएको तर, ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफु मन्त्री नभएको दाबि गरेका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्ति झुटो भएको बताउँदै रावलले उल्टै प्रधानमन्त्रीकै दिमाग खुस्केको टिप्पणी गरेका छन् ।

उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिएका छन् । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गरेका छन् ।

उनले थप बहस गर्ने इच्छा भए बहस गर्न प्रधानमन्त्री देउवालाई चुनौती पनि दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ४ : ४३ बजे

सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना

काठमाडौं– सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका

दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौ‌ं– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

 काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म