भिलेनसँग लड्दालड्दै नेकपा विभाजित हुन पुग्यो – प्रचण्ड | Khabarhub Khabarhub

भिलेनसँग लड्दालड्दै नेकपा विभाजित हुन पुग्यो – प्रचण्ड

‘संसद् विघटन ओली एक्लैले गरेको होइन, देश र विदेशबाटै ठूलो षडयन्त्र भएको थियो’


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।

धनगढीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।

‘गठबन्धन गरेर पार्टी एकता गरौँ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्‍यो । भिलेनसँग लड्दालड्दै विभाजित हुनुपर्‍यो ।’

एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र भएको आरोप लगाएका उनले माओवादीबाट आएका नेताहरूमाथि विभिन्न आरोप लगाएको बताए ।

‘पार्टी एकता गरेपछि हामीमाथि षड्यन्त्र हुनथाल्यो । माओवादीबाट आएका नेतालाई आरोपित गरियो,’ प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले माओवादी संसद् विघटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले नभई विदेशी शक्ति र न्यायालय पनि जोडिएर भएको बताए।

उनले भने संसद् विघटन एउटा  ठूलो सेटिङ थियो । उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गतको उक्त षड्यन्त्र भएको र सो सङ्घर्षमा केपी ओली एउटा माध्यम भएको बताए।

प्रचण्डले लाखौंको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशी/विदेशी सेटिङ असफल भएको दाबी गरे। प्रचण्डले भने “दोश्रोपटक समेत प्रतिगमनकारी संविधानमाथि प्रहार भएर संसद् विघटन भएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौँ । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री भनिदिनुस् भनेर धेरैचोटी अनुरोध गर्यौँ ।”

उनले थपे “अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरूले तपाईँहरू पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो । तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौँ । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।“

नेपालको राजनीतीलाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरूपमा बुझ्न भन्दै प्रचण्डले पार्टीकै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगेको र सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्काएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ११ बजे

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका

चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

काठमाडौं – करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा