फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख « Khabarhub

फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वीमा अनेक विषालु जनावर पाइन्छन् । जनावर मात्रै नभएर मानिसको ज्यानै लिने केही बोटबिरुवा पनि पृथ्वीमा पाइन्छन् । तर संसारको सबैभन्दा विषालु बोट के होला कहिले विचार गर्नुभएको छ ?

हालै अमेरिकाको फ्लोरिडा राज्यमा भेटिएको एउटा बिरुवा भने संसारकै सबैभन्दा विषालु रहेको पाइएको छ । यसलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्ड पनि सबैभन्दा विषालु बोट भनेर दर्ता गराएको छ ।

फ्लोरिडाको एभरग्लेड दलदली इलाकामा पाइने मान्सानेल नाम गरेको यो बोट आकारमा झण्डै आप वा स्याउको बोटजस्तो छ । यसमा स्याउजस्तै फल पनि लाग्छ । तर, यो स्याउ खायो भने एकै छिनमा मानिसलाई कठोर पीडा मात्रै हुन्न, मानिसको ज्यानै पनि जान्छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यसको चोपको सम्पर्कमा आएको खण्डमा छालामा कडा जलन महशुस हुन्छ । फ्लोरिडा विश्वविद्यालयको शोध अनुसार यो रुखको फल र चोपदेखि हरेक भाग विषालु छ ।

यतिमात्रै होइन यो रुखबाट प्राप्त दाउरा बालेको खण्डमा धुँवा आँखामा गएमा अन्धोपन समेत हुने गर्छ । स्थानीय भाषामा यसलाई ‘मृत्युको सानो स्याउ’ भन्ने गरिएको फ्लोरिडाको मायमीमा रहेको एनबीसी टेलिभिजन स्टेसनको अनलाइन संस्करणले जनाएको छ ।

(एनबीसी मायमीबाट) 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ५९ बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,