गुणस्तरीय शिक्षाको खोजीमा विहारबाट नेपाल पढ्न आउँछन् विद्यार्थी  « Khabarhub

गुणस्तरीय शिक्षाको खोजीमा विहारबाट नेपाल पढ्न आउँछन् विद्यार्थी 


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा भन्दा नेपालमा राम्रो शिक्षा भएको भन्दै विहारबाट सयौँ सङ्ख्यामा भारतीय विद्यार्थीहरु नेपाल पढ्न आउने गरेका छन् ।

नेपालको काकँडभित्ताको सिमाना पर्ने विहार स्थित किसानगञ्जको दल्ले गाउँ‚ तिलिभित्ता‚ पुरानापाठमका लगभग १५० जना विद्यार्थी पढ्नको लागि नेपाल आउने गरेको भारतीय च्यानल मैँ मिडियाले उल्लेख गरेको छ ।

नेपालमा ६ कक्षामा पढ्ने विद्यार्थी प्रिया कुमारीले अरुजस्तै नेपाली भाषामा नै पढ्ने गरेकी छिन् भने बिहान नेपालको अरु विद्यार्थी सरह नेपालको राष्ट्रिय गान गाउने गर्छिन् । विहारमा पढाई राम्रो नभएका कारण नेपाल पठाउन बाध्य भएको प्रिया कुमारीकी हजुरबुबा खगेन्द्र कुमार गणेशले बताए ।

त्यस्तै‚ सुलेमानका ३ विद्यार्थी पनि नेपालमा नै पढ्न आउने गरेका छन् । उनले भने पहिला यहाँ (विहारमा) मा नै पढ्ने गरे पनि पढाई राम्रो नभएको‚ शिक्षक–शिक्षिका नआउने र दिनभर बच्चाहरु खेलेर मात्र आउनु हुनाले नेपाल पठाएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : २७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।