नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले महाअभियोग- काँग्रेस नेता सिंह « Khabarhub

नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले महाअभियोग- काँग्रेस नेता सिंह


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् ।

सोमबार काठमाडौंको मीनभवनमा आयोजित काँग्रेस एक महिने  घरघर जाउँ कांग्रेस जिताऔँ अभियान कार्यक्रममा बोल्दै  नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताए ।  

त्यस्तै उनले एमसीसी मुलुकको हित विपरित नरहेको धारणा  राखेका थिए  ।

काँग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उनले धारणा राखेका थिए ।  

नेता सिहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ५ : ३६ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा