महिला हिंसा अन्त्य ऐक्यवद्धताका लागि काठमाडौंमा दुई दिने एसियाली सम्मेलन « Khabarhub

महिला हिंसा अन्त्य ऐक्यवद्धताका लागि काठमाडौंमा दुई दिने एसियाली सम्मेलन


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला हिंसा विरुद्धको आवाजलाई विश्वब्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येवद्धता जनाउन मंगलबारबाट काठमाडौँमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

वुमन एनजीओ फेडेरेसन, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उर्जागर गर्दै हिंसा पीडितको न्यायमा पहुँच कसरी पु-याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृत लगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताए। लैंगिक हिसावले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनु पर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उदेश्य रहेको ।

त्यस्तै सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मी सहभागि हुने स्वाम नेपालकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन्।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रिय रुपमै कसरी सम्बोधन र न्युनिकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो